Incident Reports

पर्सामा एक महिलामाथि छुरा प्रहार

2021-03-14

Madhes, Parsa, Parsagadhi, Ward 3

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकामा एक महिलामाथि छुरा प्रहार भएको छ।
नगरपालिकाको वडा नम्बर ३ पकडिया बडनिहार टोलकी ४० वर्षीया महिला लक्ष्मीनिया देवी चौधरीमाथि छुरा प्रहार भएको हो।
चौधरीको हात, छाती लगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहान आफ्नै घरबाहिर घाइते अवस्थामा लडिरहेको फेला परेकी चौधरीलाई उपचारको लागि प्रहरीले वीरगञ्जस्थित न्युरो अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
एक्लै घरमा बसिरहेको बेलामा बिहान महिलामाथि किन र कसले छुरा प्रहार गर्‍यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको खनालले बताए।
उनले महिलाको अवस्था अहिले समान्य रहेको जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports