Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गर्नेलाई जरिवाना l

2014-06-25

Madhes, Siraha, Bishnupur

Durga Pariyar सिरहा । ०७१ असार ११ गते बोक्सीको आरोपमा कुटपिट गर्ने वर्छवा गाविस-१ का २८ वर्षीय जगदीश महतो र ४१ वर्षीय रामविलास सदायलाई जनही १० हजार तथा ३० वर्षीय राम जतन महतो र २१ वर्षीय जिवछ महतोलाई जनही ५ हजार रुपियाँ जरिवाना तिर्नु पर्ने फैसला जिल्ला अदालतले गरेको छ । जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको असार १० गतेको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल राजेशकुमार कटुवालले बताए । बर्छवा गाविस- १ की ६५ वर्षीया हवरीदेवी महतो र ३५ वर्षीया सावित्रीदेवी महतोलाई जगदीस महतोकी पत्नी बिरामी भएपछि तिमीहरू बोक्सी हौ, तिमीहरूले नै बिरामी बनाएको भनेर आरोपिहरूले ०७० भदौ १५ गते बाँसको भाटाले कुटपिट गरेका थिए । कुटपिटबाट सावित्रीको हात भाँचिएको र हवरीको आँखा तथा टाउकोमा चोट लागेको थियो । दुवै जना पीडितको नवउदय पोली क्लिनिक बिष्णपुरामा सोही दिन उपचार भएको थियो । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १६ गते उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित जगदीश महतोलाई भदौ १६ गते गिरफ्तार गरेको थियो । बोक्सीको आरोप लगाउने डुमरी गाविसका धामी ४१ वर्षीय रामविलास सदायलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशबाट आरोपितहरू जगदीश र रामविलास जनही १० हजार रुपियाँ धरौटीमा ०७० असोज ४ गते रिहा भएका थिए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis