Incident Reports

रेशम चौधरी लगायतको रिहाई माग गर्दै प्रदर्शन

2021-03-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । टिकापुर घटनाको दोषी रेशम चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

थारु कल्याणकारीणी सभा थरुहट र थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएको हो ।

टिकापुर घटनामा दोषी ठहरिएकाहरुको तुरुन्तै रिहाईको माग गर्दै थारू संगठनहरु काठमाडौंमा आन्दोलित भएका हुन् ।


सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघरमा धर्ना

९ चैत, काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् ।

थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

धर्नामा बसेका थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल थारुले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताए ।

‘हामी पनि यो देशका नागरिक हौं, भूमि पुत्र हौं, हामो मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ झुटा मुद्दा फिर्ता लिनुपर्छ’ उनले भने, ‘जेलमा रहेका रेशम चौधरीसहित सबैलाई रिहा गर्नुपर्छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments