Incident Reports

पत्रकारलाई दिएको धम्की प्रति महासङ्घको ध्यानाकर्षणl

2014-06-25

Lumbini, Banke, Nepalgunj

Binod Pandey बाँके । ०७१ असार १२ गते नेपालगञ्जबाट प्रकाशित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार २८ वर्षीय भगतराम थारुलाई दिएको धम्की प्रति पत्रकार महासङ्घ बाँकेले असार ११ गते विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासङ्घका सचिव तिलक गाँउलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालगञ्ज नपा-१२ की ज्योति खरेल र सोही ठाँउ घर भइ जिल्ला हुलाक कार्यालयमा कार्यरत शिला खरेलले टेलीफोन मार्फत भौतिक आक्रमण गर्ने धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको र घटनाको अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न, सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरिएको छ । असार ८ गतेको प्रभात घोषणा राष्ट्रिय दैनिकमा सरकारी कर्मचारीबाट लाखौको ठगी भन्ने शिर्षको समाचार प्रकाशित भएपछि सोही दिनबाट धम्की आउन सुरु भएको थियो । पत्रकार थारुले मोवाइल फोन र एसएमएस मार्फ धम्की दिने गरेको बताए । आरोपितहरुले प्रहरी बनाइदिने भन्दै रकम असुल गर्ने गरेको समाचार लेखेका कारण धम्की आएको थारुले बताए । थारुले आफूसँग आरोपितहरुले रकम लिएर ठगिएका व्यक्तिहरु प्रमाणका रुपमा रहेको दाबी गरेका थिए । पत्रकार थारुले ज्यान सुरक्षा गरी पाउँ भनि असार १० गते जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका छन् । विनोद पाण्डे

0 Comments