Incident Reports

झापाको गौरादहमा प्रहरीको दादागिरी, कुटिए व्यवसायी

2021-03-23

Province 1, Jhapa, Gauradhaha, Ward 1

बिराटनगर, १३ चैत ।

झापाको गौरादहमा ग्रिल व्यवसाय गर्दै आएका रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका छन् ।गौरादह–१ चैतुचोकमा रहेको पसलबाट काम सकेर घर जाने क्रममा प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको पीडित रबिन गिरीले बताए ।

मंगलबार अबेरसम्म काम गरेर घर जाने क्रममा प्रहरीले बिनाकारण आफूहरुमाथि कुटपिट गरेको उनीहरुको भनाइ छ । कुटपिट गर्ने प्रहरीले मादक पदार्थ सेवन गरेको उनीहरुले आरोप लगाएका छन् ।

प्रहरीले लाठी र बुटले हिर्काउदा गिरीको खुट्टा, घुडा र ढाडमा चोट लागेको छ । उनको तिघ्रामा स्पष्ट निलडाम देखिन्छ । श्रेष्ठको भने बाहिरी चोट देखिएको छैन ।तर, काम गर्नै नसक्ने गरि जिउ र टाउको दुखिरहेको उनले बताए । उनीहरुले न्याय दिने प्रहरीले नै ज्यादती गरेको आरोप लागेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments