Incident Reports

जबर्जस्ती विवाह गर्न खोज्ने आरोपित हिरासतमा l

2014-06-30

Sudurpashchim, Achham, Mangalsen

Shiva Raj Khatri अछाम । ०७१ असार १६ गते मङलगसैन गाविस-५ की १८ वर्षीया कविता भाटलाई इच्छा विपरीत जबर्जस्ती विवाह गर्न खोजेपति नमान्दा हातपात गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय तीलक भाटलाई हिरासतमा राखि हालसम्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आरोपित विरुद्ध पीडितले इच्छा विपरीत विवाह गर्न खोजेको र नमान्दा हातपात गरेमो आरोपमा असार १२ गते जिल्ला प्रहरी कार्यालय, अछाममा जाहेरी दिईन् । पीडितलाई असार ११ गते बेलुकी घर नजिकै बाटोमा कुरेर बसेका तीलकले हात समाउँदै जबर्जस्ती विवाह गर्न खोजेको र नमान्दा हातपात गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जानयो । आफूसँग विवाह नगरे बेइज्जत गरिदिने धम्कीसमेत तीलकले दिएको पीडितले प्रहरीसमक्ष बताएकी छन् । जाहेरी लगत्तै प्रहरीले तीलकलाई घरबाटै गिरफ्तार गरेको थियो । शिवराज खत्री

0 Comments

Related Reports
Related Trend Analysis