2021-03-30
मानवअधिकार तथा शान्ति समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । मंगलबार समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै प्रदर्शन गरेको हो । त्यस्तै समाजले त्यहाँ भैरहेको हत्या र दमन बन्द गर्न राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघ समक्ष आग्रह गरेको हो ।
समाजका सभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘ म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्छ र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यसअघि पनि मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरिसकेको छ । मानवअधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’ म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका प्रदर्शनमा ४ सय बढी प्रदर्शनकारीको मृत्यु भैसकेको छ । म्यानमारको सैनिक सत्ताले गरेको दमनको विश्वभर आलोचना भैरहेको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | HRD |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19