Incident Reports

एमालेकै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

2021-03-30

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी, चैत १७ :

नेकपा (एमाले)कै कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। मंगलबार युवा संघ नेपालले धनगढीमा ओलीको पुत्ला जलाएको हो। वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कारबाही गरेको विरोधमा ओलीको पुत्ला जनाएको जनाएको छ।

युवा संघ सुदूरपश्चिमका अध्यक्ष बाबुराजा श्रेष्ठले ओलीको अवैधानिक कार्यको विरोध गरिएको बताए। पुत्ला दहनपछि युवा संघका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। त्यस्तै, नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments