2021-03-31
म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल स्थित म्यानमारको दुतावास घेउरा गर्दै ज्ञापनपत्र बुझाएको छ । बुधबार अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध प्रर्दशन गरेको हो ।
दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर,सैन्य नरसंहार बन्द गर,म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै,लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा,त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
झन्डै आधा घण्टा दुतावास घेराउ र प्रर्दशनपछि क्रान्तिकारीका अध्यक्ष तामाङले म्यानमारमा भएको सैन्य कू को बिरोध,नागरिक अधिकार बाहालीलागि विश्वभरबाट दवाव र पर्दशन हुनुपर्ने बताए । उनले म्यानमारको दुतावासले आफ्नो प्रतिनिधि मार्फत ज्ञापन पत्र बुझेको उनले बताए ।
उनले भने–‘बर्मामा भईरहेको अमानवीय व्यवहारको बिरुद्धमा हामीले बिरोध गरेका हौं । दुतावासले हाम्रो ज्ञापन पत्र लिएको छ । अहिलेको २१ औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्र्दै नागरिकहरूमाथि चरम दमन भएको छ । अखिल क्रान्तिकारीले जस्तै संसारभरीबाट म्यानमारको सैन्य कू र जनताको जमनको बिरोधमा उठ्न आवश्यक छ । हामी त्यहाँको लोकतन्त्रको पक्षमा,त्यहाँको नागरिकको पक्षमा छ ।’
गत माघ १९ मा म्यानमारको सेनाले निर्वाचनबाट आएको लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । सैन्य कू को बिरोध गर्दै हालसम्म भएको नागरिक आन्दोलनमा सेनाले गरेको व्यापक दमनबाट ५ सय भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 50 |
Actor 1 - Affiliations | Students |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19