Incident Reports

आफन्त कै मिलोमत मा बलात्कार को मुद्धा मा २ लाइ थुनामा र १ लाइ धरौटी मा रिहा

2014-06-29

Bagmati, Makawanpur, Hetauda

Pratiksha Neupane हेटौंडा, २८ जेठ÷ आफन्तकै मिलेमतोमा बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले आइतबार दुई जनालाई पुर्पक्ष थुनामा राख्ने र एकलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालत मकवानपुरका न्यायधीश बासुदेव पौडेलको एकल इजलासले हेटौंडा–८, कमानेका ३२ वर्षीय पति सन्तोष उपाध्याय, देवर २८ वर्षीय सुमन उपाध्यायलाई पुर्पक्ष थुनामा पठाएको छ भने ४४ वर्षीया काकी भगवतीदेवीलाई ५० हजार रुपियाँ धरौटी माग गर्न आदेश दिएको हो । उनीहरुलाई प्रहरीले सामुहिक करणी, बुहारीलाई करणी गरेको, र लागूऔषध ओसारपसारमा अभियोगमा मुद्दा दायर गरेको थियो । महिलाले महिलालाई जबर्जस्ती करणी गर्न प्रोत्साहन दिएको भन्दै काकी भगवतीदेवीलाई दोषी ठहर गरेको हो । जेठ २१ गते बुधबार राति पतिसहित पक्राउ परेका उनीहरुलाई पहिलोपटक ६ दिन र दोस्रो पटक १५ दिन र तेस्रो पटक ४ दिनको लागि म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो । मुद्दाको फैसला हुने दिन आइतबार साँझ अबेरसम्म जिल्ला अदालत परिसरमा स्थानीय महिलाहरुको ठूलो भीड थियो । समाजमा बसेर समाजलाई नै गलत दिशातर्फ लैजाने र महिलालाई महिलाकै मिलेमतोमा जबर्जस्ती करणी गराउने जघन्य अपराधमा संलग्न उनीहरुलाई कुनैपनि हालतमा कानुनको कठघरामा उभ्याउन दवाव दिने उद्देश्यले महिलाहरुको भीड लागेको थियो । अदालतले सम्पूर्ण विवरणको अध्ययन गर्दै आदेश दिन आइतबार राति करिब साँढे ८ बजेको थियो । प्रहरीले घटनाको विषयमा लामो समय लगाएर यथार्थ विवरणसहित अदालतमा मुद्दा पेश गरेको थियो । करिब एक महिनाअघि बिवाह भएकी एक महिलालाई निद्राको औषधी खुवाएर बलात्कार गरेको अभियोगमा प्रहरीले पतिसहित तीन जनालाई पक्राउ गरेका थियो । ६ वर्षे प्रेम सम्बन्धपश्चात् वैशाख १८ गते बिवाह भएर आएकी हेटौंडा–८, कमानेकी करिब २८ वर्षीया महिलामाथि बलात्कारको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ग्याष्ट्रिककी बिरामी ती महिलालाई प्रायः दिनहुँ ‘औषधी’ भन्दै स्लिपिङ ट्याब्लेट खुवाएर शारीरिक सम्बन्धका लागि दबाब दिने गरेको स्थानीयले बताएका छन् । स्लिपिङ ट्याब्लेट खाएको अवस्थामा पतिले शारीरिक सम्बन्ध राख्न खोज्दा नमानेपछि देवरले जबर्जस्ती गर्न खोजेको जिल्ला प्रहरीपरिसरमा भेटिएका छिमेकी र आफन्तले बताए । छिमेकीका अनुसार काकी र पतिले नियमितजसो निर्मम कुटपिट गर्ने र शारीरिक सम्बन्धका लागि दबाब दिने गरेका थिए प्रतिक्षा न्यौपाने

0 Comments

Related Reports
Related Trend Analysis