Incident Reports

विवादीत छबिका प्रशासकीय अधिकृत आउने भएपछि वडाध्यक्षहरूको विरोध, बैठक बहिस्कार गर्ने चेतावनी

2021-03-31

Lumbini, Dang, Lamahi

दाङको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै धर्ना दिएका हुन्।

विवादीत छबिका गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना दिएको वडा ३ का अध्यक्ष बाबुराम चौधरीले बताए।

डाँगी यसअघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। विभिन्न परियोजनामा घोटला गर्न थालेपछि बहुमत पालिका सदस्यहरुले डाँगीलाई हटाउन माग गरेका थिए। नगरपालिका प्रमुखले वास्ता नगरेपछि त्यसबेला सं‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विन्तीपत्र पठाएको बाबुरामले बताए।

'विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नभइकनै भुक्तानी दिइदिने, १४ रुपैयाँको औषधि २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस पनि खान थालेपछि हामीले मेयरसापलाई ज्ञापन बुझायौं। त्यतिले पनि नभएपछि मन्त्रालयमै बिन्तीपत्र बुझायौं। अनि बल्ला डाँगीलाई मन्त्रालयले तानेछ,' बाबुरामले भने।

त्यसपछि डाँगी कपिलवस्तुको कृष्णनगर र वाणगंगा नगरपालिकामा सरुवा भएका थिए। त्यहाँबाट सेटिङ मिलाएर फेरि लमही नगरपालिका आउन थालेपछि विरोध गरेको वडा ६ का अध्यक्ष गणेशमान चौधरीले बताए।

'सबैतिर विवादीत बनेका व्यक्तिलाई हाम्रो नगरपालिकामा ल्याउन हुँदैन भन्ने हाम्रो अडान हो। किनकि यसअघि उहाँकै कारण विभिन्न वडाहरुको परियोजनाहरु प्रभावित बनेको थियो। उहाँकै कारण नगरपालिकामा भ्रस्टाचार मौलकाएको थियो,' उनले भने। बाबुरामका अनुसार डाँगी रामभजन चौधरीसँग लिएको दस हजार घुससहित पक्राउ परेका थिए।

यता नगरसपालिका उपाध्यक्ष देवका बेल्बासेले यसमा आफूहरुको कुनै हस्तक्षेप नरहेको बताइन्। उनले माथिकै निर्णयबाट आएकाले यसमा आफूहरु केही गर्न नसक्नेसमेत बताइन्।

'हामीले यसलाई ल्याउने, यसलाई राख्ने, यसलाई हटाउने भन्ने हुँदैन। उहाँ माथि निर्णय गराएर आउनुहुन्छ भने हामीले रोक्न पनि मिल्दैन,' उपाध्यक्ष बेलबासेले भनिन्।

बहुमत सदस्यहरुले एक विज्ञप्ति जारी गरेर यसको विरोधसमेत गरेका छन्। उनीहरुले डाँगी लमही नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने चेतावनीसमेत दिएका छन्।

‘लमही नगरपालिकाको नगर कार्यपालिकामा गत वर्ष २०७६–११–०६ गतेका दिनदेखि तत्कालीन प्रमुख प्राशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीको विषयमा ठूलो विवाद भई निजको सरुवा गराउनका लागि नगर कार्यपालिकाका १९ जना सदस्यमध्ये १६ जना सदस्यहरूको हस्ताक्षर तथा नगर सभाका ५० जना सदस्यमध्ये ४७ जना सदस्यहरूको हस्ताक्षरसहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको कुरा आम नागरिक वासीहरूलाई अवगत छ,' जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘विवाद समाधानका लागि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलीगेसन गई अनुरोध पत्र चढाएको र सोहीअनुसार नजिको सरुवा समेत भएकोमा फेरि निज विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा भई आउनको लागि नगर प्रमुख, उप–प्रमुख र केही वडाध्यक्षहरूले सहमति दिइसकेको हुँदा निजलाई यस लमही नगरपालिकामा हाजिर गराएमा हाम्रो तपसिलका वडाध्यक्षहरू तथा कार्यपालिकाका सदस्यहरूको अत्याधिक विमती तथा विरोध रहेको कुरा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने र यसबाट उब्जिने सम्पूर्ण समस्याको भागिदार सरुवा भई आउनका लागि सहमति दिने पक्षहरूनै हुने यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै आम नागरिकमा पर्न जाने समस्याहरूप्रचि क्षमा चाहन्छौँ ।’

संयुक्त विज्ञप्ति जारी गर्ने वडाध्यक्षहरूमा मेघनारायण चौधरी, नुमराज पौडेल, नेपालु चौधरी, गणेशमान चौधरी, बाबुराम चौधरी रहेका छन् । कार्यपालिका सदस्यहरूमा राधा केसी, नारायणी खड्का, सुनिता चौधरी, पार्वती विक, ठगे दमाई, रमेश कुमाल र बमबहादुर विक रहेका छन्

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments