Incident Reports

बलात्कारका आरोपितलाई पाँच वर्षकैद l

2014-06-29

Bagmati, Sindhuli, Kamalamai

Ananda Dahal सिन्धुली । ०७१ असार १५ गते स्थानीय १८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई पाँच वर्षकैद सजायाँ भएको छ । रानीवास गाविस-७ का ४० वर्षीय बद्री लुंगेली मगरलाई बलात्कार गरेको अभियोगमा सिन्धुली जिल्ला अदालतले असार १५ गते पाँच वर्षकैद सजायाँ गर्ने फैसला गरेको हो । सिन्धुली जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले आरोपित मगरलाई पाँच वर्षकैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनायो । पीडित युवती ०७० असोज १७ गते राति आफ्नै घरमा एक्लै सुतिरहेको अवस्थामा आरोपित मगर गई विभिन्न धाक धम्की, डर त्रासमा पारि मुख थुनी बलात्कार गरेको आरोपमा पीडितले असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको असोज १८ गते जिल्ला अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो । घटनापछि फरार रहेका आरोपित मगरलाई ०७० फागुन ७ गते प्रहरीले गिरफ्तार गरी अदालतमा पेश गरेको थियो । जिल्ला अदालतको आदेशमा मगरलाई फागुन ८ गतेबाट जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा राखिएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis