Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-06-30

Bagmati, Sindhuli, Marin

Ananda Dahal सिन्धुली । ०७१ असार १६ गते कपिलाकोट गाविस-२ का ३५ वर्षीय वावुलाल थिङ्ग एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा गएका छन् । सिन्धुली जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको असार १६ गते बसेको एकल इजलासले आरोपितलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित महिलालाई जेठ १९ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा आरोपितले विभिन्न धाक धम्की दिई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २३ गते गिरफ्तार गरी हिरासतमा राखेको थियो । पीडितले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी असार १६ गते जिल्ला अदालतमा पेश गरेको थियो । पीडितको जेठ २२ गते सिन्धुली जिल्ला अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो । आनन्द दाहाल4LfEYj2SuyP0ESJbfmFf

0 Comments

Related Reports
Related Trend Analysis