Incident Reports

बोक्सी भन्दै गाउँलेद्वारा महिलालाई कुटपिट l

2014-06-29

Province 1, Sunsari, Itahari

Shekhar Dhakal सुनसरी । ०७१ असार १६ गते हाँसपोसा गाविस-३ की ५० वर्षीया पावर्ती चौधरीलाई बोक्सीको आरोप लगाउँदै छिमेकीहरूले असार १५ गते राती कुटपिट गरेका छन् । काम्ने रोगबाट ग्रस्त भएका सोही ठाउँकी ३५ वर्षीया जीवन चौधरी, ५० वर्षीया फुलकुमारी चौधरीलगायतले पावर्ती बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । राती १० बजे नाती काखमा लिएर बसेका बेला जीवन र लक्ष्मी चौधरी सहित आएका गाउँलेले आफूलाई कुटपिट गरी टाउको फुटाइ दिएको पावर्तीले बताइन् । काम्दै आएका जीवन र फुलकुमारीलाई आफूले बोक्सी हैन भन्दा विवाद भएको र सोही क्रममा जीवनका छोरा १४ वर्षीय माइकलले दाउराले टाउकोमा प्रहार गरेको उनले बताइन् । माइकलसँगै गाउँलेहरूले पनि कुटपिट गर्न थालेपछि प्रहरी चौकी तरहराका प्रहरीले पावर्तीको उद्धार गरी स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको थियो । पावर्तीलाई कुटपिट हुन थालेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको कुटाइबाट चोट लागेको पावर्तीको टाउँकोमा चार टाँचा लगाइएको प्रहरीले जनाएको छ । बोक्सीको आरोपमा स्थानीयले कुटपिट गर्दै गर्दा उद्धार गरे पनि पीडितले जाहेरी नदिएकाले कारबाही अगाडि नबढेको प्रहरी चौकी तरहराका निमित्त इन्चार्ज पेमादोर्जी शेर्पाले बताए । 'तत्काल पक्रेर ल्याउन पनि घटनास्थलमा ३ सयजना भन्दा बढी थिए । कस्लाई ल्याउनु - दोषीहरू उपर पीडकले जाहेरी दिएपछि कारबाही अगाडी बढाउँछौं,' उनले भने । पीडित पावर्तीका पति नग्टु चौधरीले समाजमै बस्नु पर्ने भएकाले समाजमै मिलापत्र गर्न प्रहरीमा जाहेरी नदिएको बताए । उनले भने 'भोली यो समाजमै मिलेर बस्नुपर्छ कस्का विरुद्ध उजुरी गर्नु ?' शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis