Incident Reports

बलात्कारका आरोपित बालकलाई सुधारगृहमा राख्ने फैसला l

2014-06-30

Chhetu Sherpa सङ्खुवासभा । ०७१ असार १६ गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दिदिङ गाविसका १५ वर्षीय बालकलाई जिल्ला अदालतले सङ्खुवासभाले असार १५ गते तीन वर्ष बालसुधार गृह राख्न र पीडितलाई पाँच हजार क्षतिपूर्ति दिने फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले सो फैसला सुनाएको हो । पीडितले बालिकाले आरोपितले ०७० चैत १७ गते बलात्कार गरेको आरोपमा चैत १८ गते जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई चैत १८ गते गिरफ्तार गरी चैत १९ गते जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले आरोपितलाई ०७१ वैशाख ८ गते पुर्पक्षका लागि बालसुधार गृह विराटनगर चलान गरेको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis