Incident Reports

व्यवस्थापन समितिको बैठकमा जातीय विभेद गरेको आरोप l

2014-07-01

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७१ असार १६ गते सिंहदेवी गाविस-३ का एक दलित परिवारले सार्वजनिक स्थलमा आफूहरूलाई जातीय विभेद भएको आरोप लगाएको छ । च्युरिडाँडा माविको व्यवस्थापन समितिको बैठकमा आफूलाई कथित तल्लो जातको भनी समितिका पदाधिकारीहरूले असार १३ गते गाली बेइज्जति गरेको समितिकी सदस्य दीलमाया विकले बताएकी हुन् । शिक्षक नियुक्तिको विषयमा छलफल हुँदा आमा र आफूलाई अपशब्द बोल्दै अधिकार नभएको भनी गालीगलौज गरेको पीडितका छोरा विनोद विकले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र बोगटी र प्रधानाध्यपक कैलाश ढुंङ्गेलले विभेद गरेर गाली गलौज गरेको विकको आरोप छ । विद्यालयमा निजी स्रोतमा शिक्षक नियुक्तिको विषयमा विवाद भएपछि बैठक कक्षमै असार थुनेको विद्यालय व्यवस्थापन समितका अध्यक्ष रामचन्द्र बोगटीले बताए भने विभेद गरेर कामीहरूको अधिकार छैन भनेपछि आफूले आवेशमा बैठक कक्षको ढोका बाहिरबाट थुनेको भए पनि ताल्चा भने नलगाएको विनोदले स्पष्टिकरण दिएका थिए । विद्यालयको कोठामै बन्धक बनाएको विद्यालयको उजुरीपछि विकलाई सोही दिन गिरफ्तार गरी ०७१ असार १५ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी डीएसपी डम्बरबहादुर विकले बताए । छलफलमा दुवै पक्षले एक अर्कालाई अभद्र व्यवहार नगर्ने सहमति भएको स्थानीय मोहनकुमार खड्काले बताए । दुवै पक्षको सहमतिमा घटना मिलापत्र भए पनि विक परिवारले आफूहरूलाई जातीय विभेद गरेकाले कानुनी कारबाही गर्न माग गरेको छ । कथित माथिल्लो जातका अध्यक्ष र प्रअलाई कारबाही गर्नुपर्ने विनोद विकले माग गरेका छन् । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis