Incident Reports

प्रदेश सांसदद्वारा एमाले कार्यकर्तामाथि कुटपिट गरेको आरोप

2021-04-06

Bagmati, Sindhupalchok, Indrawati, Ward 7

इन्द्रावती गाउँपालिका–५ बाडेगाउँ निवासी इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य ४७ वर्षीय विष्णुमणि आचार्य र इन्द्रावती गाउँपालिका–६ निवासी सोही समितिका कर्मचारी अशोक कोइरालालाई चैत २४ गते बागमती प्रदेश सभा सदस्य, निवर्तमान सामाजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलालले कुटपिट गरेको पीडित विष्णुमणि आचार्यले बताउनु भयो ।

इन्द्रावती गाउँपालिका–७ पोखरेमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्सको साँचो आफूले हस्तान्तरण गर्न नपाएको भन्दै प्रदेश सभा सदस्य दुलालले कुटपिट गर्दै अभद्र व्यवहार गरेको पीडितद्वयको आरोप छ ।

कुटपिटबाट घाइते भएका अशोक कोइरालालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको छ । आचार्यका अनुसार कोइरालाको आँखामाथि चोट लागेको छ ।

स्थानीय साना कृषि सहकारी संस्थालाई इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले इन्द्रावती नगरपालिकाको ५ नम्बर वडालाई एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो ।

आयोजकले एम्बुलेन्सको साँचो कार्यक्रमका प्रमुख अतिथि सांसद दुलालद्वारा हस्तान्तरण नगराई गाउँपालिका अध्यक्ष बंशलाल तामाङबाट सोही वडाका वडाअध्यक्षलाई हस्तान्तरण गर्न लगाएका थिए ।

सांसदबाट कुटपिट भएको घटना विरुद्ध नेकपा एमाले इन्द्रावती गाउँपालिका संयोजक शशिनाथ आचार्यले चैत २४ गते एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नु भएको छ ।

सांसद दुलालले भने कुटपिट नगरेको तर कार्यक्रम स्थलमा आयोजकले आफूलाई अपमान गरेको बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
INSEC

0 Comments