Incident Reports

म्यानमारका नागरिकको जीवन रक्षाका लागि काठमाडौंको बौद्धमा मैनवत्तीसहित प्रदर्शन

2021-04-07

Bagmati, Kathmandu, Gokarneshwor, Ward 6

२५ चैत्र २०७७, बुधबार

काठमाडौं । शान्तिवादीहरुले आँखा÷निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर बुधबार (आज) साँझ काठमाडौं बौद्धमा प्रदर्शन गरेका छन् ।म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखि ७ बजेसम्म बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो ।

उक्त प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।

प्रदर्शनमा सहभागीहरुले बर्माः नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा गोकर्णेश्वर न.पा.का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए ।

यसैगरी आज साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।

यस्तै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं जोरपाटीस्थित शुभसहयोग सहकारी संस्थाको सहयोगमा २०७७ चैत्र २३ गते काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका स्थित फडिम भन्ज्याङ्गमा रहेको ज्वालादेवी आधारभूत बिद्यालयमा अध्ययनरत झण्डै १०० बिद्यार्थीहरुका लागि ८० हजार मुल्यको स्टेशनरी सामग्री बितरण गरिएको छ ।

शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले संयोजन गरेको सहयोग वितरण कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, काठमाडौं शाखा का.वा. सभापति नानिकाजी गिरी, काठमाडौं शाखा पूर्व सभापति उद्धब रायमाझी,सदस्यहरु भगवान पुडासैनी र सुरज बोहोरा, ज्वालादेवी विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष उत्तर बहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 75
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments