Incident Reports

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा गिरफ्तार l

2014-07-01

Sur Bahadur Pariyar कैलाली । ०७१ असार १८ गते एक १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुबालाई जिल्ला प्रहरी कार्यालय, कैलालीले असार १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई बुबाले असार १६ गते राती बलात्कार गरेको आरोपमा स्थानीय प्रहरी चौकीमा असार १७ गते जाहेरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन सेती अञ्चल अस्पताल धनगढीमा भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित बालिकाले आफूलाई बुबाले पहिलो पटक ०७० असोजमा स्थानीय जंगलमा पात टिप्न गएको समयदेखी हालसम्म लगातार बलात्कार गर्दै आएको बयान प्रहरीमा दिएकी छन् । आरोपितका चार जना छोराछोरी छन् । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis