Incident Reports

बाबुको हत्या आरोपी छोरा पक्राउ

2021-03-30

Bagmati, Sindhuli, Kamalamai, Ward 1

सिन्धुली — बाबुको हत्या आरोपी छोरालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–१ गुराँसेका २१ वर्षीय प्रकाश हायुलाई आफ्नै बाबुको हत्या आरोपमा शनिबार पक्राउ गरिएको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनी ११ दिन अघिदेखि फरार थिए । घटना विवरण अनुसार पक्राउ परेका हायूले चैत १७ गते आफ्नै बुबा ४६ वर्षीय सुरमान हायुलाई घरायसी वादविवादमा कुटपिट गरेका थिए । कुटपिटपछि घाइते सुरमानको दुई दिनपछि मृत्यु भएको थियो । 

बुबाको मृत्युपछि फरार रहेका प्रकाशलाई गुराँसे डाँडाको बाटोमा लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports