Incident Reports

बालकलाई कुटेर हत्या गरेको आरोपमा एक जना पक्राउ

2021-04-06

Gandaki, Tanahun, Anbukhaireni

काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।

आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । शव उत्खनन गरेर पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments