Incident Reports

बालिका बलात्कारका आरोपित उपर उजुरी l

2014-07-01

Lumbini, Banke, Baijanath

Binod Pandey बाँके । ०७१ असार १८ गते एक १४ वर्षीया बालिका बलात्कार भएको भन्दै पीडित पक्षले असार १७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको छ । पीडित पक्षले दिएको उजुरी अनुसार नौबस्ता गाविस-७ सुतैयाका १९ वर्षीय अजय परियारले असार ५ गते विवाहको भोज खाएर घर फर्किने क्रममा बाटो छेकेर बालिकालाई बलात्कार गरेको उल्लेख गरिएको छ । बालिकाको असार १६ गते भेरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आरोपित विरुद्व जबरजस्तीकरणी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी जनकबहादुर शाहीले बताए । आरोपित परियार फरार रहेको तथा खोजी भइरहेको प्रहरीले जनाएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis