Incident Reports

भारततर्फजान लागेका १५ जना बालबालिकाको उद्धार l

2014-07-02

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 20

San Bahadur Thapa कास्की । ०७१ असार १९ गते भारतको उत्तर प्रदेशतर्फजान लागेका १५ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालयले असार १८ गते राति उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकामध्ये चार वर्षदेखि १६ वर्षसम्मका दुई जना बालिका र १३ जना बालक छन् । अभिभावकलाई जानकारी नदिई भारतको उत्तर प्रदेश जान लागेका बालबालिकालाई डाँडाकोनाँक प्रहरी चौकीले असार १८ गते राति साढे १० बजे उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको हो । प्रहरीले बालबालिकालाई संरक्षणका लागि राती नै सिविन पोखरामा पठाएको सिविन संयोजक प्रेम सोङमेनले बताए । उद्धार गरिएका बालबालिकाहरूले भारतको उत्तर प्रदेशमा एसेमब्ली अफ गड संस्थाका होष्टल इञ्चार्ज बताउने जयबहादुर गुरुङ भन्ने व्यक्तिले निःशुल्क पढाइदिने भन्दै बोलाएपछि भारत जान लागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तकुमार लामाले बालबालिकालाई बेचबिखन र ओसारपसार गर्ने उद्देश्यले भारत जान लागेको आशंकामा उद्धार गरी अनुसन्धान गरिएको बताए । जिल्ला बाल कल्याण समितिका बालसंरक्षण अधिकृत भरत बरालले उद्धार गरिएको बालबालिकाहरूलाई असार २० गते जिल्ला बालकल्याण समिति लमजुङसँग समन्व्य गरी उनीहरूको अभिभावकलाई जिम्मा लगाउ बताए । सनबहादुर थापा

0 Comments