Incident Reports

बलात्कारका आरोपित साधारण तारेखमा रिहा l

2014-07-03

Madhes, Mahottari, Bardibas

Ishwari Kafle महोत्तरी । ०७१ असार १९ गते बलात्कारका आरोपित बर्दिवास गाविस-५ का ३२ वर्षीय दिनेश साहलाई जिल्ला अदालत महोत्तरीले असार १९ गते साधारण तारेखमा रिहा गरेको छ । छिमेकी १७ वर्षीया बालिकालाई ०६८ भदौ २ गते बलात्कार गरी फरार भएकामा असार १८ गते बर्दिवास बजारबाट साहलाई इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो । घटना भएकै समयमा पीडितले दिएको जाहेरीको आधारमा मुद्दा दर्ता गरिएको र तत्कालीन अवस्थामा आरोपित फरार भएकाले फेला परेपछि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर अशोक साहले बताए । पीडितका आफन्तले त्यतिबेला जाहेरी दिए पनिपछि आर्थिक लेनदेनमा मिलापत्र गरी पीडितलेनै बयान फेरेपछि आरोपित छुट्न सफल भएको आरोपितका एक जना आफन्तले बताए । ईश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis