Incident Reports

काकासँग विवाद हुँदा भतिजाले रिस थाम्न नसकेपछि...

2021-04-20

Karnali, Salyan, Kalimati, Ward 1

सल्यानमा आपसी विवादमा काका-भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ।कालीमाटी गाउँपालिका-१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको हो। 

गएराति ९ बजेतिर उनीहरूबीच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए।‘कान टोकेर पूरै छिनालिएको छ, कान खोज्दा पनि भेटिएको छैन,’ उनले भने, ‘भतिजोलाई सोध्दा मैले खाइदिएँ भन्छ।’पीडित धनबहादुर कुँवरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ। छिनालिएको कानको भागबाट रगत रोक्नका लागि टाका लगाइएको यादवले बताए। 

पीडित धनबहादुरले करिब ५/६ वर्ष पहिले पीडक खीमबहादुरका बुवाको कान टोकेर छिनालेको  भन्ने खुलेको प्रहरीले जनाएको छ। ‘त्यो घटना केही वर्ष पहिले भएको रहेछ, अहिले भने बाख्राको विषयमा विवाद भएपछि उनले पनि कान खाइदिएको हो भन्ने आएको छ,’ प्रहरी निरीक्षक यादवले भने।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports