Incident Reports

कांग्रेस टीकापुरमा भाँडभैलो, माइनुट च्यातेर कार्यालयमा तोडफोड गरिएपछि...

2021-04-24

धनगढीः नेपाली कांग्रेस टीकापुरमा भाँडभैलो भएको छ।

कांग्रेस टीकापुरको नगर कार्यसमितिको शनिबार बैठक चलिरहेको अवस्थामा एक समूहले बैठक निर्णय पुस्तिका च्यात्नुका साथै कार्यालयमै तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। घटनापछि कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्नलाई अनुशासनको कारबाही गर्ने जनाएको छ।

नगर समिति सभापति धनराज उपाध्यायले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर सदस्य अंगत बहादुर बिष्टसहितलाई अनुशासनको कारबाही गरिने बताएका छन्। घटनाप्रति भत्सर्ना गर्दै पार्टीको विधान बमोजिम कारबाही गरिने बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments