Incident Reports

बलात्कारका आरोपित विरुद्ध उजुरी l

2014-07-07

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota बलात्कारका आरोपित विरुद्ध जाहेरी दर्ता चितवन । ०७१ असार २२ गते एक ३७ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा भरतपुर नपा-३ बस्ने ३५ वर्षीय गणेश मल्ल ठकुरी विरुद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ । आरोपित ठकुरीले असार २० गते आफ्नै कोठामा आएर बलात्कार गरेको पीडितले बताइन् । दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित ठकुरलाई प्रहरीले सोही दिन गिरफ्तार गरी अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार चितवन मेडिकल कलेजमा उपचार भई रहेको जाहेरीमा उल्लेख छ । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis