Incident Reports

बहुविवाहका आरोपितलाई सफाई l

2014-07-06

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar सिरहा । ०७१ असार २२ गते बहुविवहाका आरोपित धनगढी गाविस-५ का २५ वर्षीय कुमार श्रेष्ठलाई जिल्ला अदालतले असार २२ गते सफाई दिएको छ । जिल्ला अदालतका न्याधीश बिनोदकुमार पोखरेलको एकल इजलासले सफाई दिने फैसला गरेको जिल्ला सरकारी वकिल राजेशकुमार कटुवालले बताए । आरोपितले बहुविवाह नगरेको बयान दिएको र पीडितको पनि बयान बदलिएकोले सो आदेश भएको कटुवालले बताए । २३ वर्षीया कल्याणी श्रेष्ठले पतिले ०७० मङ्सिर १९ गते उदयपुर जिल्लाको त्रियुगा नपा-१ का १८ वर्षीया अनिता खडकासँग बहुविवहा गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर २० गते उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित श्रेष्ठलाई मङ्सिर २१ गते गिरफतार गरेकोमा जिल्ला अदालतबाट श्रेष्ठ १५ हजार धरौटीमा ०७० पुस ८ गते रिहा भएका थिए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis