Incident Reports

कुटपिट गरेको आरोपमा पति विरुद्ध उजुरी l

2014-07-06

Madhes, Siraha, Lahan

Durga Pariyar सिरहा । ०७१ असार २२ गते लहान नपा-१० की १९ वर्षीया चिंकुकुमारी तीवारीले पति २२ वर्षीय दीपेन्द्रप्रसाद तिवारी विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २२ गते उजुरी दिएकी छन् । पीडितले दीपेन्द्रसँग ०७० वैशाखमा विवाह भएपछि देखि नै पटक-पटक कुटपिट गर्ने मानसिक यातना दिने गरेको बताइन । सम्झाउँदा पतिले कानको जाली फुटने गरी आफूलाई कुट्दा पनि सहेर बसेको थिए तर असार महिनादेखि मानसिक तथा शारीरिक यातना दिन थालेपछि माइतीमा खबर गरेको र माइतीबाट असार २१ गते सम्झाउँना आउँदा मेरो पीता, दाइ र मलाई गालि बेइजती तथा कुटपिट गरेकोले काबाहीको लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर खगेन्द्र धमलाले घटनाको छानबिन गरी कारबाही प्रकृया अगाडि बढाउने बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis