Incident Reports

No translation available.

2014-07-08

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota चितवन । ०७१ असार २४ गते एक १९ वर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला समिलपाल काभे्र गाविस-५ घर भई हाल कविलास गाविस-१ स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २९ वर्षीय बेलबहादुर गिरी विरुद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ । आरोपित प्रहरी जवान बेलबहादुरले पीडितलाई फोन गरी ललाई फकाई बोलाएर कविलास गाविस-१ स्थित तरकारी बारीमा लगि जबरजस्ती गरेको पीडितले बताएको उनको ठूलीआमाले बताइन् । ड्युउटीमा रहेका आरोपितले असार २२ गते दिउँसो ३ बजेको समयमा सुस्तमनस्थितीकी रहेको आफ्नी छोरीलाई फोन गरी घरबाहिर बोलाएर हातमा समाति तानेर लगि जबरजस्ती गरेको उनले बताइन् । पीडित आमाबाबु नभएकी टुहुरी रहेको र आफूले संरक्षण दिएर राखेको ठूलीआमाले बताइन् । दोषीलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो । पीडितको असार २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनायो । आरोपितलाई असार २३ गते नै प्रहरी चौकी जुगेडीमार्फ जिल्ला प्रहरी कार्यालयमा बुझाएको स्थानीयले बताए । आरोपितलाई विरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis