Incident Reports

७ बर्षिय बालकको हत्या अभियोगमा १ महिला पक्राउ

2021-04-14

Gandaki, Lamjung, Dudhpokhari, Ward 3

लमजुङ :७ बर्षिय बालकको हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । चैत ३० गते देखि बेपत्ता भएका लमजुङको दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ बर्षीय छोरा यूकेश गुरुङको सव बैशाख ०१ गते साँझ फेला परेको थियो । घर देखी करिब ३०० मिटर टाढा खोल्सामा मृत अवस्थामा गुरुङको सव फेला परेको थियो ।

प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दै जादा गुरुङलाई हत्या गर्ने मृतककै छिमेकी ४८ बर्षिय फुलमाया कामी रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायाव उपरिक्षक गंगा बहादुर थापाका अनुसार युकेश गुरुङको घाँटीमा केही चिज वा वस्तुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

गुरुङको मृत सवलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराबाट पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।उनलाई बैशाख १२ गते घरबाटै पक्राउ गरीएको थियो । जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उक्त घटनाको विषयमा थप अनुसन्धान भई रहेको छ ।

Update: ऐना फुटाएको निहुँमा बालकको हत्या

लमजुङ — आमाले छाडेर हिँडेपछि ७ वर्षीय युकेश गुरुङ बुबा राजकुमार र हजुरआमासँगै बस्थे । घरमा अरू कोही छैनन् । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेश गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।

त्यसपछि बेपत्ता युकेशलाई स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । ‘सानै उमेरमा भवितव्य हुन नसक्ने र उक्त ठाउँमा आउने कुनै कारण देखेनौं । कर्तव्य नै हुनुपर्छ भन्ने कोणबाट अनुसन्धान थाल्यौं । केही घाउचोट पनि थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले भने, ‘घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायौं ।’

उनका अनुसार मृतकका आफन्त, परिवारलगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसमाथि सूक्ष्म अनुसन्धान थालिएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले ‘होइन’ भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् ।

‘हामीले प्रमाण जुटाउँदै गयौं । १२ गते घरबाटै पक्राउ गर्‍यौं,’ डीएसपी थापाले भने । अदालतबाट म्याद थपेर थप अनुसन्धानका क्रममा फूलमायाले घटना स्वीकार गरेपछि प्रहरीले विस्तृत बयान लिएको थियो । ‘कर्तव्य ज्यान अभियोगमा मुद्दा अगाडि बढाएका छौं,’ डीएसपी थापाले भने । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments