Incident Reports

हुम्लामा ८ वर्षीय बालिकाको शंकास्पद मृत्यु

2021-05-04

Karnali, Humla, Simkot, Ward 2

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ।मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो।

साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ।गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन्।

स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ।केही स्थानीयले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पदरूपमा लिएको छ।

घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको मृत्यु रहस्यमय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ।

बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments