Incident Reports

No translation available.

2014-07-07

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७१ असार २४ गते प्रहरी चौकी लुटपाट गरेको आरोपमा विभिन्न मितिमा गिरफ्तार गरी मुद्दा चलाइएका भूमिगत सङ्गठन किराँत जनवादी वर्कर्स पार्टीका २२ जना नेता कार्यकर्तालाई जिल्ला अदालतले असार २३ गते सफाइ दिने फैसला सुनाएको छ । वादी नेपाल सरकार र प्रतिवादी किरात जनवादी वर्कर्स पार्टी भएको मुद्दामा विभिन्न मितिमा गिरफ्तार गरिएका वर्कर्सका केन्द्रीय सदस्य बोपुङ गाविस-२ निवासी कुमार राई, बेल्टार गाविस-१, उदयपुर निवासी हाङ्छा भनिने दिनेश राई, खोटाङ जिल्ला इञ्चार्ज च्यानडाँडा गाविस-८ निवासी मेवान किराँतीसहित २२ जनालाई सफाई दिने फैसला गरेको हो । फैसला सुनाइएका वर्कर्सका सबै कार्यकर्ता कारागार शाखा दिक्तेलमा हातहतियारको मुद्दामा कैद सजाय कटाइरहेका छन् भने कोही यसअघिनै धरौटीमा छुटेका थिए । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले आरोपितहरूलाई सफाइ दिने फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताए । सफाइ पाउनेहरूमा नुनथला गाविस-४ का नारद राई, बुइपा गाविस-२ का सुन्दर राई, बुइपा गाविस-६ का रोशन राई, सल्ले गाविस-६ का सुपेन्द्र राई, बेल्टार गाविस-१ उदयपुरका पम्फा राई 'खम्वु', बेल्टार गाविस-१, उदयपुरका बलबहादुर राई, विजयखर्क गाविस-५ का हरिशचन्द्र राई, विजयखर्क गाविस-१ का सुवास कार्की, सल्ले गाविस-६ का राजेश राई, विजयखर्क गाविस-५ का रामचन्द्र राईलगायतका रहेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयले ०७० माघ १२ गते ३० जना वर्कर्सका नेता कार्यकर्ताहरूको मुद्दाको फैलसा गरिसकेको छ । हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार मुद्दा दायर गरिएकामध्ये १३ जनाको प्रशासनले कैद म्याद ठेगेको, सा जना वर्कस कार्यकर्ताको मुद्दा तामेलिमा राखिएको र म्याद बुझी म्याद गुजारी प्रतिवादी फरार रहेका सात जना वर्कस कार्यकर्ताको हकमा गिरफ्तार परेको मितिदेखि पाँच वर्षसम्म कैद सजाय हुने फैसला सुनाइ सकेको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis