Incident Reports

इटहरीमा हत्या गरी फालिएको अवस्थामा भेटियो युवकको शव

2021-05-06

Province 1, Sunsari, Itahari, Ward 6

विराटनगर / इटहरीको टेङ्ग्रा खोला किनारमा एक युवकको शव नग्न अवस्थामा फेला परेको छ । इटहरी उपमहानगरपालिका– ६ टेङ्ग्रा खोलाको किनारमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको हो ।

अनुहार र टाउकोमा गम्भिर चोट रहेको शव बिहीबार बिहान भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । उनका अनुसार शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको देखिन्छ ।

मृतकको शव नजिकै अस्थायी बसोबासका लागि प्रयोग गरिएको पाल र बोरासमेत बरामद भएको छ । मृतक सडक मानव जस्तो देखिएको डिएसपी केसीले बताए । मृतक पहाडी समुदायका हुन् । उनको हातमा दुःखी राई लेखिएको ट्याटु पनि छ ।

शवलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर अनुसन्धान सुरु गरेको डिएसपी केसीले बताए ।

Update

इटहरीमा दुःखी राईकाे हत्या आरोपमा साथी पक्राउ

विराटनगर / इटहरीको टेङ्ग्रा खोला किनारमा नग्न अवस्थामा मृत भेटिएका युवकको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार इटहरी उपमहानगरपालिका– ६ टेङ्ग्रा खोलाको किनारमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको थियो ।

साेही दिन हत्यामा सङ्लग्न भएको आरोपमा सुनसरी वराहक्षेत्र नगरपालिका– ४ घर भई इटहरी उपमहानगरपालिका– ६ मा बस्दै आएका २४ वर्षीय प्रकाश तामाङलाई पक्राउ गरेको हो ।

मृतकको भने अझै पहिचान खुलेको छैन । अन्दाजी ३० को मृतकको दाहिने हातको नाडीमा दुःखी राई लेखिएको ट्याटु छ । उनी सडक आश्रित पुरुष हुन् ।

बुधबार राति मापसे गरेपछिको विवादमा प्रकाशले उनलाई इँटाले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका युवकलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports