Incident Reports

जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

2021-05-13

Province 1, Dhankuta, Chhathar Jorpati, Ward 2

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

वैशाख २८ गते डोजरले ढुङ्गा फुटाउने क्रममा ढुङ्गा पल्टिएर धनकुटा नगरपालिका–२ का टेकबहादुर तामाङको विरूवा बारीमा क्षति पुगेपछि वडाध्यक्षले कुटपिट गरेको छथरजोरपाटी गाउँपालिका–१ का २४ वर्षीय हाकिम मगरको गुनासो छ । उहाँले दोषीलाई कारबाही गर्न माग गर्दै वैशाख २९ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

वडाध्यक्षले २०-२५ जनाको समूहलाई ल्याएर डोजर सहचालकलाई निर्घात कुटपिट गरेको डोजर चालक मोरङको पथरीशनिश्चर नगरपालिका–४ का २७ वर्षीय विपिन चौलागाँइले बताउनु भयो ।

कुटपिटबाट टाउको र गालामा चोट लागेका पीडितको वैशाख २८ गते हिलेस्थित पोलिक्लिीनिकमा उपचार भएको छ ।

वडाध्यक्षसहित छथरजोरपाटी गाउँपालिका–२ का २० वर्षीय सुदीप तामाङ र ३५ वर्षीय शुक्रबहादुर तामाङविरूद्ध पीडितले वैशाख २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्क बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा सत्यतथ्य बुझि दोषीलाई कारबाही गरिने एसपी अधिकारीले बताउनु भयो ।

घटनाका आरोपित वडाध्यक्ष तामाङले छलफलका क्रममा सामान्य भनाभन भएको तर आफूले हातपात नगरेको बताउनु भयो ।

पीडित पक्षले कुटपिट गर्ने वडाध्यक्ष तामाङसहित अन्य दोषीलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेको छ ।

ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports