2021-05-14
सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेलको मिर्गौला बेचबिखन गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मालाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी वैशाख २८ गते मानव बेचबिखनको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्र पासवानले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा गरिएको छ ।
टिपरका सहचालक भुजेललाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पुर्याएको र राम्रो पारिश्रमिक पाइने लोभ देखाई अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडित भुजेलले बताउनु भएके छ ।
मादक पदार्थ खुवाई भारत पुर्याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पुर्याएर वैशाख २ गते मिर्गौला निकालेको पीडितको आरोप छ ।
उक्त अस्पतालमा १० दिन राखेपछि ५ हजार रुपियाँ दिएर गाडी चढाई घर पठाएको र वैशाख २४ गते घर आइपुगेको पीडितकी पत्नीले इन्सेक प्रतिनिधिलाई जानकारी दिइन् ।
अर्का आरोपितको पहिचान खुली नसकेको जानकारी दिँदै इन्स्पेक्टर पासवानले मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंसँग समेत समन्वय गरी खोजी कार्य भइरहेको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD