Incident Reports

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

2021-05-19

कपिलवस्तु — नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको छ । तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 

उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए ।

घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । बुटवलका अस्पतालमा कतै भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।घटनाबारे थाहा पाएपछि थप बुझने काम भइरहेको माओवादी केन्द्रका जिल्ला सचिव बिष्णु साहले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 2
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports