Incident Reports

मोरङको सुन्दरहरैँचाका पुरुषको सुतेकै ओछ्यानमा बीभत्स हत्या

2021-05-21

Province 1, Morang, Sundarharaicha, Ward 3

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा सुतेकै ओछ्यानमा एक पुरुषको बीभत्स हत्या भएको छ ।सुतेका बेला धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा –३ का ४० वर्षीय विष्णु ऋषिदेवको शव आज (शुक्रबार) बिहान फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको आशङ्का छ ।

उनका अनुसार हत्या भएको खवर प्राप्त गरेर प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको शव भेटिएको हो । पूरै शरीर कपडाविहीन रहेका मृतकले कम्मरमुनि कट्टु भने लगाएका छन् । राईले घटनास्थल रगताम्य रहेको जानकारी दिए । घटनाको प्रकृति हेर्दा निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएजस्तो देखिने राईको भनाइ छ ।

घटनाको यथार्थ अनुसन्धानपछि खुल्दै जाने उनले बताए । गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलोसम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै खाटमा लगाएको ओछ्यानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खवर गरेको जानकारी डिएसपी राईले दिए ।

घटनाका बारेमा बिहान ७ बजेतिर जानकारी पाएको प्रहरीले अहिलेसम्म हत्यामा संलग्नको पहिचान खुल्न नसकेको बताएको छ । राईले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको र गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा हत्यामा प्रयोग गरिएको कुनै हतियार फेला परेको छैन ।

‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन,’ डिएसपी राईले भने, ‘हत्या गर्नुपर्ने कारण पनि खुल्न बाँकी छ ।’ गम्भीर ढङ्गले अनुसन्धान थालिएका कारण घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports