Incident Reports

सिन्धुलीमा ओलीको पुत्ला दहन

2021-05-22

Bagmati, Sindhuli, Kamalamai

सिन्धुली — असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुली कांग्रेसका यूवाहरुले शनिबार साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुलीमाडीको शान्ति नगर चोकमा कांग्रेस यूवा समूहले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाइ कदापी नस्वीकार्ने यूवाहरुको भनाइ थियो । ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments