Incident Reports

निषेधाज्ञामा पनि जनकपुरधाममा कुटाकुट,दुईजना गम्भीर घाइते

2021-05-18

Madhes, Dhanusha, Janakpur, Ward 18

जनकपुरधाममा जग्गाको विषयलाई लिएर दुई पक्षविच कुटाकुट हुदा ४ जना घाइते भएको छ ।जनकपुरधाम वार्ड नं १८ महुवा टोलमा पसल संचालनको विषयमा वादविवाद भई कुटाकुट हुदा ४ जना घाइते भएको छ । घाइते हुनेमा एक जनाको अवस्था गम्भीर रहेको छ । चिरपट प्रहारबाट गम्भीर घाइते मध्ये दिपेन्द्र मण्डललाई गम्भीर चोटपटक लागेको छ ,उनको टाउको छाती,अनुहार लगायतमा गम्भीर चोट लागेको छ भने मण्डलकै आफनै काका हंसराज मण्डलको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । घाइतेहरु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेको छ ।घाइते मध्ये लुटन मुखियाको हात भाचेको छ भने ललित मण्डलको अवस्था समान्य रहेको छ । महुवा टोलमा गत जेठ ४ गते राती ९ बजे आफनै छिमेकी चन्देश्वर मुखिया सहित ९ जना व्यक्ति अचानक बासका भाटा र चिरपट प्रहार गरि आफुलाई मार्ने उदेश्यले पिटपाट गरेको दिपेन्द्र मण्डलले आरोप लगाए ।पहिले देखि नै छिमेकी मण्डलसंग बादविवाद हुदै आएकोमा मंगलवार राती आफनो घरको दलानमै रहेको अवस्थामा मण्डल र उनकै नाता गोता पर्ने ९ जना सहित आफुमाथि जाई लागेको र बचाउनका लागि आएका आफना काका सहितका व्यक्तिहरुमाथि समेत कुटपिट गरि घाइते वनाएको आरोप लगाए ।घाइते दिपेन्द्र मण्डल र हंसराज मण्डललाई इमरजेन्सी वार्डबाट सारेर जेनरल वार्डमा राखिएको छ । दिपेन्द्र मण्डलको टाउको गम्भीर चोटपटक लागेको छ अहिले सम्मको अवस्था ठिकै छ तर उनलाई वाचमा राखिएको र एक दुईदिन पछि मात्र भन्न सकिने डक्टर राजीव रंजनले वताए । उनका अनुसार इन्टरनल इन्जरी नभएपनि एक दुइदिन उनलाई चिकित्सकको देखभालमै राख्नुपर्ने वताए ।यता घाइते मण्डल परिवारले ज्यानमार्ने उदेश्यले नै गरिएको कुटपिट घटनाको छानवीन गरि दोषीमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको छ ।कोरोना महामारीका कारण निषेधाज्ञा लगाइएको समयमा गैगवार जस्तो घटना हुनुभनेको सुरक्षा निकाय सम्वेदनशिल नरहेको भनि स्थानियवासीहरुले आरोप लगाएका छन ।


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 4
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports