Incident Reports

रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन

2021-05-22

Bagmati, Chitawan, Ratnanagar

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनको रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । शनिबार साँझ रत्ननगरको निपनीचोकमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।

संसद् विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलहरुले पनि विरोधमा जनाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ ।

काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले विज्ञप्ति जारी...

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments