Incident Reports

राष्ट्रपतिको कदम विरुद्ध हुम्लामा नेविसंघको मसाल जुलुस

2021-05-23

Karnali, Humla, Simkot

हुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे सिरिसमा गर्नुभएकाे अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति हुम्लाको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

सदरमुकाम सिमकोट बजारका एर्पोट चोकबाट निस्किएको मसाल जुलुस सहितको -यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउदै काली चोकमा पुगेर राष्ट्रपति बिदादेवी भण्डारीर प्रधानमन्त्री केपी शर्मा ओलीको पुल्ता समेत जलाईएको छ ।

आईतबार बेलुका सिमकोटमा गरिएको विरोध मसाल जुलुसमा विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिकभएको ठहर गर्दै विरोध प्रदर्शन गरेको नेपाल बिद्यार्थि संघ हुम्लाले जनाएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा मानव स्वास्थ्यको सुरक्षाको ग्यारेन्टी गर्नुको सट्टा ओलीको सरकार जोगाउन राष्ट्रपति कार्यालयको गरिमा समेत भुलेर विद्या भण्डारी लागेको ठहर गर्दै बिद्यार्थीहरुले संविधानको रक्षार्थ शक्ति प्रदर्शन गरेका हुन ।

नेविसंघ हुम्लाका सचिब बिनोद लामाकोे नेतृत्वमा निकालिएको विरोध जुलुसमा केपी ओली र विद्या भण्डारीको सेटिङमा मध्यरातमा भङ्ग गरिएको संसद विघटनको खारेजको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments