Incident Reports

No translation available.

2014-07-10

Province 1, Panchthar, Kummayak

Kokila Dhakal इलाम । ०७१ असार २६ गते इलामको फिक्कलकी २१ वर्षीया एक महिलालाई विदेश पठाइदिने बहानामा मानव बेचबिखन गरेको आरोपमा पशुपत्नीगर नपा-९ की चन्द्रमाया तामाङ्ग भनिने सेतीमाया तामाङ्ग र फिक्कल गाविस-५ की ३६ वर्षीया विन्दु तामाङ्गलाई जिल्ला अदालतले दुई-दुई वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश प्रकासचन्द्र ढुङ्गानाको इजलासले असार २६ गते दुई-दुई वर्षको कैद सजाय सुनाएको हो । उनीहरुले पीडित महिलालाई विदेश पठाइदिने भन्दै चार हजार रुपियाँ नगद लिएर ललाइफकाई घरबाट लगि बेश्यावृत्ति र मानव बेचबिखन कार्य गरेको भन्दै उनीहरु विरुद्ध पीडितका आफन्तले ०७० असोज १६ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए । यसअघि अदालतले ०७० कात्तिक ११ गते आरोपितद्वयलाई पुर्पक्ष लागि थुनामा पठाएको थियो । कोकिला ढकाल

0 Comments