Incident Reports

No translation available.

2014-07-10

Province 1, Dhankuta, Chhathar

Santosh Ruchal धनकुटा । ०७१ असार २६ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताङखुवा गाविस-९ का १७ वर्षीय महेश पिठाकोटे मगरलाई जिल्ला अदालतले असार २६ गते आठ वर्षकैदको फैसला गरेको छ । पीडित बालिका वैशाख २१ गते विद्यालयबाट घरतर्फ फर्कदै गर्दा बाटो छेकेर आरोपितले बलात्कार गरेको ठहर भएपछि जिल्ला अदालतले आठ वर्षजेल सजायको फैसला गरेको हो । घटनापश्चात पीडितले तत्काल आफ्नो आमालाई जानकारी गराएपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले सोही दिन पीडितको उद्धार गरी आरोपितलाई घरबाट गिरफ्तार गरेको थियो । पीडितको ३६ वर्षीय ठूलोबुबाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिएका थिए । आरोपितलाई जिल्ला अदालतमा जबरजस्ती करणी अर्न्तर्गतको मुद्दा दायर गरी पुर्पक्षका लागि कारागार शाखामा थुनामा राखिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते जिल्ला अस्पतालमा भएको थियो । आरोपित टङ्क उच्चमावि भीरगाउँस्थित विद्यालयमा कक्षा-९ मा अध्यायनरत थिए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis