Incident Reports

मुगुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

2021-05-24

मुगु — प्रतिनिधिसभा विघटनको विरोधमा गमगढी बजारमा सोमबार साँझ ७ बजेतिर तीन वटा विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

नेपाल विधार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा गमगढी बजारको कृष्णचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको र प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त पुत्ला दहन गरेका हुन् । राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गरेकी थिइन् ।प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थी संगठनको भनाइ छ । 

राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गरेकी थिइन् ।प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थी संगठनको भनाइ छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org , NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments