Incident Reports

कांग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2021-05-24

बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्। कपिलवस्तुको तौलिहवास्थित आन्दोलन चोकमा कांग्रेस पार्टी र भातृ संगठनहरु नेपाल तरुण दल र नेबिसंघका युवाले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन्।

नेबिसंघ जिल्ला सभापति राकेश पाण्डेय, तरुण दलका क्षेत्रीय सभापति राजेश उपाध्याय, पार्टीका केन्द्रीय प्रचार समितिका सदस्य वजिह अरसद, नेविसंघ निर्वतमान केन्द्रीय सहमहामन्त्री प्रकाश घिमिरे, कांग्रेसका नगर सभापति प्रशान्त कार्की, कांग्रेसका यशोधरा सभापति जगदिश पाण्डेय, नेबिसंघ उपाध्यक्ष अनिल क्षेत्रि, विद्यार्थी नेता घिरेन्द्र उपाध्याय लगायतको सहभागिता रहेको थियो। प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानको धज्जी उडाएको भन्दै सहभागीहरुले दुबैको चर्को विरोध गरेका थिए। राष्ट्रपति प्रधानमन्त्रीको रबर स्टेम्पकारुपमा मात्र रहेर संविधानलाई सिध्याउने खेलमा लागेको नेबिसंघका जिल्ला सभापति राकेश पाण्डेयले आरोप लगाए।

प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिद्वारा गरिएको असंवैधानिक कार्यको विरोधमा आन्दोलनको कार्यक्रम अगाडी बढाइएको नेबिसंघ जिल्ला सभापति पाण्डेयले बताए। प्रधानमन्त्री ओलीले संसद भंग गर्नका लागि गरेको असंवैधानिक सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसद भंग गर्ने कार्यले संविधान मिच्ने कार्य भएकाले सोकोविरुद्ध दुवैको पुत्ला दहन गरिएको नेबिसंघ निर्वतमान केन्द्रीय सहमहामन्त्री प्रकाश घिमिरेले बताए।

सरकारको गलत कार्यको प्रतिवाद गर्न आफूहरु तम्तयार रहेको प्रष्ट पार्दे कोरोना संक्रमणको बेला जनतालाई स्वास्थ्य सुबिधा प्रवाह गर्ने कार्यमा नलागेर सरकार संविधान मिच्न अग्रसर भए पछि बाध्य भएर विरोधमा उत्रिनु परेको केन्द्रीय प्रचार समितिका सदस्य वजिह अरसदले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments