Incident Reports

पोखरामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाइयो

2021-05-24

Gandaki, Kaski, Pokhara Lekhnath

प्रतिनिधि सभा विघटनको विरोधमा नेविसंघ नेविसंघ कास्की क्षेत्र नम्बर १ ले लेखनाथको तालचोकमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नम्बर १ का सभापति सागर रानाभाटले प्रधानमन्त्री र राष्ट्रपतिले देशको लोकतन्त्र सिध्याउने र देशलाई दुर्घटनातर्फ लैजान खोजिएको बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै नेविसंघ कास्कीका पूर्व सभापति कल्याण बाबु भण्डारीले ओली र विद्याले यो देशलाई दाउमा राखेर आफ्नो सत्ता टिकाउने खेलमा लागेको र देशको स्वाभिमान पनि बेच्न तयार भएको आरोप लगाए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments