Incident Reports

No translation available.

2014-07-10

Gandaki, Parbat, Bihadi

Madhav Raj Pandey पर्वत । ०७१ असार २६ गते पत्नी २५ वर्षीया अन्जु सिलवाललाई हत्या गरेको आरोपमा वाच्छा गाविस-५ का २७ वर्षीया सञ्जिव सिलवाललाई थुनछेकका लागि अदालतले असार २६ गते थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश माधवेन्द्रराज रेग्मीको एकल इजलासबाट पछि फैसला भए बमोजीम हुने गरी आरोपित सिलवाललाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको छ । सोही आदेशमा पीडितकी सासू ६२ वर्षीया तिलकुमारी शिलवाललाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ । उक्त आदेशको विरोधमा वाच्छा गाविसका स्थानीय बाससन्दा र माइती पक्ष अदालतको गेटमा धर्ना बसेका थिए । दाइजोको विषयमा सासूले शारीरिक र मानसिक यातना दिईरहेका अवस्थामा पति विदेशबाट आएको एक महिना नबित्तै पत्नी अन्जुलाई सासू र पति मिलेर दुधमा विष सेवन गराई कुटपिट गरी हत्या गरेको आरोप पीडित पक्षको छ । उनीहरुले हत्या पछि झुण्डिएर मरेको देखाएको आरोप लगाउँदै आएका छन् । प्रहरीको घटनास्थल मुचुल्का र अस्पतालको रिर्पोटमा समेत झुण्डिएको भनि लेखाएपछि माइती पक्ष र स्थानीय बासिन्दाको दबाबका कारण प्रहरीले आरोपितहरुलाई गरी अनुसन्धान थालेको थियो । अदालतको फैसला बमोजिम हुने गरी पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको श्रेस्तेदार खेम नारायण लामिछानेले बताए । प्रहरीले साझँमा स्थानीय र माइती पक्षलाई हर्टाई आरोपित तिलकुमारी सिलवाललाई अदालतबाट बजारसम्म पुर्राई सुरक्षा प्रदान गरेको थियो । माधवराज पाण्डेय

0 Comments

Related Reports
Related Trend Analysis