Incident Reports

जनकपुरमा युवासंघले जलायो पाँच विपक्षी नेताको पुत्ला

2021-05-25

Madhes, Dhanusha, Janakpur

सत्ता पक्षले जनकपुरमा पाँचजना विपक्षी दलका नेताको पुत्ला जलाएको छ।नेकपा (एमाले) निकट युवा संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको हो। मंगलबार पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ।सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै उनीहरुको पुत्ला जलाएर विरोध गरेको युवा संघ धनुषाका नेता सुजित यादवले बताए।तराई मधेशको समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशलाई उनीहरुले विरोध गरेर नागरिकलाई अधिकारबाट बञ्चित गर्न खोजेको युवासंघको आरोप छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासबन्धी अध्यादेशको पक्ष बिपक्षमा तराई मधेशमा समर्थन र विरोध भइरहेको छ।सतापक्ष एमाले र जसपाका महन्त ठाकुर र राजेन्द्र महतो पक्षका नेता कार्यकर्ताले अध्यादेशको स्वागतमा दीप प्रज्वलन गरी उत्सव मनाएका थिए।विपक्षीले भने ओलीले आफ्नो सत्ता बचाउन ठाकुर–महतो पक्षलाई फकाउनका लागि अध्यादेश जारी गरी मधेशी जनतालाई ठग्न खोजेको आंशंका गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Other political issues
Secondary Cause Freedom of Association
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org CPN (Maoist Center) and affiliated org Janata Samajbadi Party
Actor 2 - Youth na
National/Online Media

0 Comments