Incident Reports

No translation available.

2014-07-11

Province 1, Sunsari, Dharan

Sekhar Dhakal सुनसरी । ०७१ असार २७ गते धरान नपा-१७ की ३० वर्षीया विमला लिम्बूको पति ३९ वर्षीय चक्र लिम्बूले कुटपिट गरी हत्या गरेका छन् । घरायसी विवादमा पतिले असार २६ गते पत्नी विमलालाई कुटपिट गरी ढोकाको आग्ला प्रहार गरेपछि घाइते भएकी विमलाको उपचारको क्रममा असार २७ गते बिहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए । पत्नीको हत्या गरेको आरोपमा पीडितका पति चक्र लिम्बूलाई असार २७ गते गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा चलाइएको डिएसपी थापाले जानकारी दिए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis